नियम ५२
मुद्दा हेर्ने अधिकार
(१) संरक्षण क्षेत्रभित्र ऐन र यस नियमावली अन्तर्गतका कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षण अधिकृतलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकुल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकारले खटाएको राजपत्र अनंकित प्रथम श्रेणीको प्राविधिक रेञ्जरलाई हुनेछः–
(क) अनुमति नलिई संरक्षण क्षेत्रमा प्रवेश गरेमा,
(ख) पाँच हजार रूपैयाँसम्म विगो कायम हुने वन पैदावार
अनियमित तरिकाले क्षति पुर्याएमा, काटेमा वा झिकेमा,
(ग) नियम ३० को खण्ड (ख), (ग), (घ), (ङ), (च), (छ), (ज) र (झ) मा उल्लिखित निषेधित कार्य गरेमा ।